दीपक राज गिरी बने महँगो कार चढ्ने कलाकार (भिडियो सहित)

नेपाली हाँस्यव्यङ्ग्य विधाका चर्चित कलाकार तथा अहिलेका चलेका चलचित्र निर्देशक तथा अभिनेता दीपक राज गिरी पहिलो महँगो गाडी चढ्ने कलाकार बनेका छन्।

गिरीले आजै किनेको हेक्जाको बजार मूल्य करिब ८० लाख रुपैयाँ पर्न आउँछ। यसअघि उनले सिल्भर कलरको सुजुकी डिजायर चढ्दै आएका थिए।

१२ वर्ष निरन्तर प्रसारणमा आएको हाँस्यटेलिसिरियल तितो सत्यबाट चर्चामा आएका दिपक राज गिरी कुशल हाँस्यकलाकार मात्र नभएर एउटा राम्रो चलचित्र निर्देशक पनि हुन्।

 

सन् २०१३ मा गिरीले निर्माण गरेको चलचित्र छ एकान छ सर्वाधिक हिट भएपछी २०१५ मा वडा नम्बर छ रिलिज भएको थियो। यो फिल्म पनि सुपरहिट बने पछी २०१६ मा छक्का पन्जा सार्वजनिक भएको थियो। यस फिल्म झन् वर्षकै सर्वोत्कृष्ट चलचित्र बन्न सफल भएको थियो। छक्का पन्जा सुपरहिट भएपछी यसको सिक्वेल छक्का पन्जा दुई २०१७ मा रिलिज भएको थियो।

Facebook
Google+
http://nepalnote.com/nplnote/108">
Twitter