ए मेरो हजुर ३ मा साम्राज्ञी र शालीनमान नहुने, कारण यस्तो (भिडियो)

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा ए मेरो हजुर २ बाट निर्देशनमा हात हालेकी पछिल्लो समयको सफल निर्देशक झरना थापाले ए मेरो हजुर ३ मा शालीन मान बानियाँ र साम्राज्ञी राज्य लक्ष्मी शाह नहुने बताइन्।

भदौ देखि फ्लोरमा जाने नयाँ चलचित्र ए मेरो हजुर ३ मा फ्रेस अनुहारको खोजी भइरहेको र पुरानोलाई नदोहोर्याउने योजनामा रहेको बताएकी छिन्।

लामो समय देखि ए मेरो हजुर २ को शो को लागि विदेश भ्रमणमा रहेकी थापाले युरोप, क्यानाडा र अमेरिकाका विभिन्न स्टेटहरुमा चलचित्र देखाएर भर्खर नेपाल फर्केकी हुन्। यस भ्रमणको दौरानमा पैसाका साथै दर्शकको अपार माया पाएको र विशेष गरि भुटनीज नेपालीहरुको साथ र माया धेरै पाएको बताउँछिन्।

धेरै वर्ष नेपाली सिनेमा क्षेत्रमा राज गरेकी झरनाले निर्देशन गरेको पहिलो फिल्म ए मेरो हजुर २ वर्षकै सुपरहिट चलचित्र बन्न सफल भएको थियो। ब्यापारिक हिसाबले एकदम सफल मानिएको यस फिल्मले रिलिजको पहिलो दिन नै करोडौंको कलेक्शन गरेको थियो।

ब्युटिफुल एण्ड बोल्ड साम्राज्ञी र चकलेटी ब्वाय शालीन मान मुख्य भूमिकामा रहेको ए मेरो हजुर २ झरना ले निर्देशन गरेकी हुन्।

भिडियो हेर्नुहोस्

Facebook
Google+
http://nepalnote.com/nplnote/127">
Twitter