करोड क्लबमा कार्टुन्ज क्रु, आस्माको भाइरल डान्स झन् भाइरल बन्दै

नेपालका नम्बर वान डान्सीङ क्रु कार्टुन्ज क्रुले एक पछी अर्को सफलता हात पार्दै गइरहेका छन्। यो ग्रुपले गरेको सरोज ओलीसंगको सहकार्यमा दुइटा गीतले भर्खरै करोड क्लबमा प्रवेश गरेको छ।

कार्टुनज क्रुको दमदार डान्स रहेको माछीले खाने खोलीको लेउ र जता जता पिरतीको बाटो ले करोडौं क्लब प्रवेश गरेको हो। यो ग्रुपको अन्य पाँच ओटा गीतले पनि करोड भ्यु पाइसकेका छन्।

पछिल्लो समय निकै भाइरल भएका यहीं ग्रुपका एक मात्र केटी आस्मा विश्वकर्माले ‘दमे तु कोसिता’ मा गरेको कभर डान्स अन्तराष्ट्रिय स्तरमा समेत भाइरल बनिसकेको छ।

यसका साथै उनीहरुको अन्तराष्ट्रिय दर्शक पनि दिनकै बढिरहेको बताउँछन्। आस्माको उक्त डान्सलाई अहिले सम्म १९ मिलियन पटक हेरिसकेका छन्।

यो डान्स भिडियो भाइरल भए संगै यस क्रु को च्यानलको सब्स्क्राईबर पनि ह्वात्तै बढेर अहिले ४ लाख भन्दा बढी पुगिसकेका छन्।

विभिन्न म्युजिक भिडियो, वेब सिरिज, स्टेज शो र अन्य डान्स प्रोग्रामहरुमा बढी व्यस्त रहेका कार्टुन्ज क्रु ले अहिले काठमाडौँको सामाखुसीमा आफ्नै स्टुडियो बनाइरहेका छन्।

केहि दिनमा तयार हुने उनीहरुको स्टुडियोमा डान्स देखि लिएर एक्टीङ सम्मका क्लासहरु हुने यस ग्रुपले बताएका छन्।

भिडियो

Facebook
Google+
http://nepalnote.com/nplnote/143">
Twitter