फिल्मको लागि कपाल नै काटीदिईन् नम्रताले, नयाँ अवतारमा यस्ती देखिइन् (भिडियो)

नेपाली सिनेजगतकी ब्युटिफुल र बौद्धिक नायिका भनेर चिनिने नम्रता श्रेष्ठले यसपाली नयाँ फिल्म ‘जाइरा’ का लागि कपाल नै काटीदिएकी छिन्।

हरेक चलचित्रमा फरक अवतार र भूमिकामा देखिने उनले सर्वोत्कृष्ट चलचित्र क्लासिक मा दृष्टिविहीन युवतीको भूमिका निभाएकी थिइन्।

एक्शन र स्टाइल मा आधारित नम्रताको नयाँ चलचित्र ‘जाइरा’का लागि कपाल काट्नुका साथै तौल पनि घटाएकी छिन्।

मंगलबार ललितपुरमा आयोजना गरिएको कार्यक्रममा ‘जाइरा’ को कलाकारको गेटअप सार्वजनिक गरिएको थियो। चलचित्रको भूमिकाकै गेटअपमा कार्यक्रममा उपस्थित भएकी नम्रताले चलचित्रमा आफ्नो बक्सरको रहेको बताइन् ।

यस भन्दा पहिले कान सम्म पनि कैंची नलगेको नम्रताले कपाल काट्दा दुःख लागेको तर रोलका लागि आफूलाई पूर्ण रुपमा ढाल्न कपाल काटेको बताइन्।

जाइरामा नम्रता श्रेष्ठ संगै अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, प्रमोद अग्रहरि, सम्राट मगर र सुजिता श्रेष्ठको मुख्य भूमिका छ ।

भिडियो….

Facebook
Google+
http://nepalnote.com/nplnote/146">
Twitter