रोनाल्डो चम्किदा पोर्चुगल विजयी

विश्वकप २०१८ मा क्रिस्टियानो रोनाल्डोले आफ्नो लय कायम राख्दै गोल गरेपछि पोर्चुगलले बुधबार साँझ मोरक्कोलाई १–० ले हराएको छ । हारसँगै मोरेक्को विश्वकपबाट बाहिरिने पहिलो टिम पनि भएको छ ।

 

लुजनिकी स्टेडियममा भएको खेलमा सबैको नजर रियल म्याड्रिड स्टार रोनाल्डोमा थियो र उनले आफ्नो प्रशंसकलाई निराश पनि पारेनन्। उनले चौथो मिनेटमै शक्तिशाली होडको मद्दतले गोल गरे ।
यस जितपछि समूह ‘बी’ मा ४ अंकसहित पोर्चुगल सुरुआती अग्रता लिन सफल भएको छ । यसअघि रोनाल्डोको ह्याट्रिक मदतले पोर्चुगलले स्पेनसँग ३–३ को सनसनीपूर्ण बराबरी खेलेको थियो ।
Facebook
Google+
http://nepalnote.com/nplnote/188">
Twitter