के. पी. शर्मा ओलीले उद्घाटन गरेको गोबर ग्यास प्लाण्ट बन्द

प्रधानमन्त्री के. पी. शर्मा ओलीले तामझामसाथ भदौ पाँच गते उद्घाटन गरेको विराटनगरको गोबर ग्यास प्लाण्ट बन्द भएको छ । उद्घाटन गर्नुअघि करिब सात दिन र उद्घाटनपछि १० दिन ग्याँस बालेपछि आपुर्ती बन्द भएको हो ।

उपभोक्ताले १० दिनदेखि ग्याँसको आपुर्ती बन्द भएको बताएपनि निर्माण कम्पनीका प्राविधिकहरूले भने मर्मत सम्भारका लागि चार दिनदेखि ग्याँस आपुर्ती बन्द गरेको दाबी गरेका छन् ।

गोबर ग्याँस, प्रधानमन्त्री ओलीसँग जोडिएकाले श्रीकृष्ण गो सदन र निर्माण कम्पनीका अधिकारीहरू नकारात्मक कुरा बाहिर आउने हो कि भनेर संशकित छन् र खुलेर बोल्न चाहँदैनन् । तर उपभोक्ता समक्ष भने फेरि ग्यास सिलिन्डरमै फर्किनुपर्ने बाध्यता देखिएको छ । विराटनगरको श्री कृष्ण गो सदनमा दुई सय घनमिटर क्षमताको गोबर ग्याँस प्लाण्ट जडान गरेर ८० घरमा ग्याास पुर्‍याउने लक्ष्य थियो । यस अन्तर्गत ३२ घरमा ग्यास पाइप जोडिइसकिएको  छ ।

Facebook
Google+
http://nepalnote.com/nplnote/215">
Twitter