बलिउडकी बोल्ड एण्ड ब्युटिफुल प्रियंका चोपडाको सुटुक्क विवाह?

काठमाडौं । बलिवुडकी पिसी अर्थात् प्रियंका चोपडा एक बोल्ड, ब्युटिफुल, कन्फीडेन्ट र भर्सटाईल अभिनेत्री हुन्। आफ्नो धमाकेदार अभिनय क्षमता र बोल्ड अन्दाजका कारण आज उनी बलिउडमा मात्र नभई हलिउडमा पनि प्रवेश गरेर चर्चित नायिकाको रुपमा चिन्नीएकी छिन्।

पपुलर टेली सिरियल क्वानटिको मार्फत हलिउडमा आफुलाई सक्षम सावित गरिसकेकी प्रियंकाका चर्चा परिचर्चा जताततै छ। सेलेब्रेटीहरु जति फेमस भयो त्यति नै समाचारहरु आइरहन्छन्।

भर्खरै मात्र प्रियंका चोपडाले सुटुक्क विवाह गरेको खबर सामाजिक संजालमा भाइरल नै बन्यो। जहाजमा बसिरहेको प्रियंकाको तस्बिर सामाजिक संजालमा बाहिरिएपछी सो खबर रातारात फैलिएको थियो। फोटोमा प्रियंकाको हातमा मसिना दाना भएको कालो डोरी बाँधिएको थियो।

फोटो देख्नेहरुले उनको हातमा बाँधिएको त्यो कालो डोरीलाई मंगलसुत्र भन्ठानेका कारण उनले सुटुक्क विवाह गरेको अनुमान लगाएर यो खबर भाइरल भएको थियो।

प्रियंकाले उक्त खबरको बारेमा मुख खोल्दै हातमा बाँधिएको माला मंगलसुत्र नभएको स्पष्ट पारेकी छिन् । प्रमाण स्वरुप त्यो मालाको फोटो नै खिचेर सामाजिक संजालमा राखिन्। प्रियंकाले आफूले विवाह गर्ने बेलामा सबैलाई जानकारी दिने बताइन्।

Facebook
Google+
http://nepalnote.com/nplnote/33">
Twitter