इन्टरपोलका अध्यक्ष ‘चीनमा बेपत्ता’

१९ असोज, एजेन्सी – इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उनकी श्रीमतीले जानकारी दिएकी छिन् ।

अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ ।

उनले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमान्का बारेमा थप केही थाहा नपाएको जानकारी दिइन् । फ्रान्सको लियोनबाट चीन प्रस्थान गरेका मेङ चीन पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

दुवै पक्षका अधिकारीहरूले उनको खोजी र थप अनुसन्धान भइरहेको पनि बताएको समाचारमा जनाइएको छ । इन्टरपोलले पनि आफ्ना अध्यक्ष बेपत्ता भएको बारेमा विज्ञप्ती प्रकाशित गरी सरोकारवालाहरूलाई जानकारी गराएको छ ।

“फ्रान्स र चीनका सरोकारवाला अधिकारीहरूको हामी ध्यानाकर्षण गराउन चाहन्छौ,” विज्ञप्तिमा भनिएको छ । अन्तर्राष्ट्रिय प्रहरी निकायको रुपमा रहेको इन्टरपोलले आफ्नो संयन्त्रलाई पनि उनको खोजीका लागि परिचलन गर्ने भएको छ ।

मेङ गत सन् २०१६ को नोभेम्बरमा इनटरपोलको अध्यक्ष निर्वाचित भएका थिए । उनको कार्यकाल आउँदो सन् २०२० सम्म रहेको छ ।

Facebook
Google+
http://nepalnote.com/nplnote/635">
Twitter