विराटनगरमा एक महिनामा रेल आउने

आश्विन १९, २०७५ – भारतको बथनाहाबाट विराटनगरसम्म एक महिनाभित्र रेल आउने भएको छ । नेपालको रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको बथनाहादेखि कटहरीसम्मको १८ दशमलव ६ सय १ किलोमिटरमध्ये ७ दशमलव ६ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले भारतको बथनाहादेखि बुधनगर भन्सार यार्डभन्दा पूर्व लावाघाटसम्म निर्माण भएको रेलमार्गमा रेल सञ्चालन गर्ने बारे आज छलफल भएको बताउनुभयो । निर्माण कम्पनीले असोज १४ गते बुधनगर भन्सार यार्डदेखि पूर्व लावाघाटसम्म रेल ल्याउने तयारी गरेको उहाँले उल्लेख गर्नुभयो । निर्माण कम्पनीले दिएको समय अनुसार रेल सञ्चालनको तयारी सुरु गरिएको उहाँको भनाई छ । भारततर्फ ५ किलोमिटर र नेपालतर्फ २ दशमलव ६ किलोमिटर दुई लेनको रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।

Facebook
Google+
http://nepalnote.com/nplnote/644">
Twitter