बंगबन्धु गोल्डकप : प्यालेस्टाइनसँग झिनो अन्तरले हार्दै समूह चरणबाटै बाहिरियो नेपाल

बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा साविक विजेता नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

समूह ए तर्फ शनिबार जित्नै पर्ने दबाबका साथ उत्रिएको नेपाली टोली बलियो प्यालेस्टाईनसँग १–० ले पराजित हुन पुग्यो । प्यालेस्टाइनको जितमा खेलको ७० औं मिनटमा खालिद सलिमले गोल गरे । सलिमले अब्दल्लाह जबेरको क्रस पासमा बक्स भित्रबाट हेडद्वारा एक मात्र निर्णायक गोल गरे ।

नेपाललाई आज कम्तिमा पनि दुई गोल भन्दा बढी अन्तरले जित्नु पर्ने दबाब थियो । यद्यपि पहिलो खेलमा भन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले आफूभन्दा ६१ औं स्थान माथि रहेको १०० औं वरियताको प्यालेस्टाईन विरुद्ध गोल गर्न भने सकेन ।

यो नतिजासँगै २ खेलबाट ६ अंक जोडेको प्यालेस्टाइन समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने ३ अंक जोडेको ताजिकिस्तान उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा अब प्यालेस्टाईनले समूह बी को उपविजेता आयाजक बंगलादेशसँग खेल्नेछ भने ताजिकिस्तानले समुह बी को विजेता फिलिपिन्ससँग भिड्नेछ ।

Facebook
Google+
http://nepalnote.com/nplnote/653">
Twitter