नेपाली क्रिकेटको लागि खुशीको खबर : नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा नजिक

निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) ले सर्वोच्च आदलतमा दायर गरेको मुद्धा फिर्ता लिने प्रक्रिया शुरु
गरेको जनाएको छ । आज एक प्रेश विज्ञप्ति जारी गर्दै क्यानका उपाध्यक्ष्य
दिवाकर घलेले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले क्यानलाई निलम्बन गरेको र मुद्धाले यसलाई फुकुवा गर्नका लागि
केही बाधा गरेकाले सर्वोच्च आदलतमा दायर गरेको मुद्धा फिर्ता गर्न लागेको जनाएका छन् ।
मुद्दा फिर्ता सम्बन्धमा निर्णय गर्न क्यानले यही कार्तिक १० गते क्यान निर्बाचित समितीको बोर्ड बैठकबाट
आधिकारिक निर्णय गर्ने विज्ञप्तिमा जनाईएको छ । मुद्दा फिर्ता भए पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषछ
(आईसिसी)ले क्यान विवाद समाधान प्रती छिट्टै र सकारात्मक निर्णय गर्ने अपेक्षा गर्ने जनाईएको छ ।

दिवाकर घलेको प्रेश विज्ञप्ति ।
पछिल्लो झन्डै साढे दुई वर्ष यता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा रहेको नेपाली
क्रिकेट निलम्बन मुक्त हुने प्रकृया अन्तिम चरणमा पुगेको यहाहरू सबैलाई जानकारी नै छ ।
नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रयासमा हामी सधै जिम्मेवार र सहयोगी भुमिकामा प्रस्तुत भईनै रहेका छौं
। हामी सुरुवातबाट नै आईसीसीले गठन गरेको सल्लाहकार समूह र मोनिटरीङ कमिटीमा सहभागी भएर मात्रै हैन,
आईसीसी र अन्य सरोकारवालाहरूले भने झै परिमार्जित बिधानलाई बिशेष साधारण सभाबाट हुबहु पारीत गरेर
नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रकृयामा सहयोग पुर्याईरहेका छौं ।
हाम्रै जिम्मेवारीपूर्ण र रचनात्मक सहयोगका कारण नै पुरानो बिधानलाई शंसोधन गरी शंसोधितबिधानअनुसार
जिल्ला निर्वाचन समेत सम्पन्न भईसकेको अवस्था छ । हाल परिमार्जित बिधानअनुसार गठन भएको पााच सदस्यीय
मोनिटरीङ कमिटीले जिल्ला निर्बाचनकोअध्ययन गरिरहेको छ । मोनिटरीङ समितीले आफ्नो प्रतिबेदन
बुझाएपछि सम्पन्न हुने प्रदेश र केन्द्रको निर्बाचनसागै आईसीसीले क्यानमाथीकोको निलम्वन फुकुवा गर्ने
हाम्रो विश्वास छ । यही सन्दर्भमा हामीले यस अघि सम्मानित सर्बोञ्च
अदालतमा दायर गरेकोको मुद्धाको सम्बन्धमा पनि केही चासो ब्यक्त भएका छन् । आईसीसीबाट समेत यस सम्बन्धमा
चासो ब्यक्त भएको हुादा हामीले यस अघि आईसीसी र अन्य सरोकारवाला ब्यक्ति र निकायसङ्गको छलफलमा
गरेको प्रतिबद्धताअनुसार सम्मानित सर्बोञ्च अदालतमा बिचाराधिन अवस्थामा रहेको मुद्धालाई फिर्ता लिने
प्रकृया अघि बढाएका छौ । यस सम्बन्धमा कानुनी र ब्यवहारीक प्रकृया बारे छलफल
गरी मुद्धा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न हामीले यही कात्तिकको १० गते क्यान निर्बाचित समितीको
बोर्ड बैठक बोलाएका छौं । विश्वास छ, हाम्रो यो प्रयासले नेपाली क्रिकेटको निलम्बन फुकुवाको प्रकृया
अझ सहज हुने छ । हामी नेपाली क्रिकेटलाई निलम्बनबाट मुक्त बानाउने
प्रकृया अन्तिम चरणमा पुगिसकेको अवस्थामा सरोकारवाला सबैलाई सहयोगी भुमिका निर्बाह गरिदिन
अनुरोध समेत गर्दछौ ।

Facebook
Google+
http://nepalnote.com/nplnote/691">
Twitter