३२ लाख लिएर एउटा बिष्कुटको विज्ञापनमा प्रियंका कार्की

प्रियंका कार्की एक नेपाली मोडल तथा अभिनेत्री हुन् । थ्री लभर्सबाट उनले नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी हुन् । नेपाली चलचित्र क्षेत्रमा अभिनेतृ रेखा थापाको हालीमुहाली चलिरहेका बेला पियंका कार्कीको इन्ट्री भयो । त्यो समय थुप्रै नायिका काँचको पर्दामा देखा परे पनि कसैले नायिका थापाको स्टारडमलाई पछि पार्न सकिरहेका थिएनन् । यस्तो अवस्थामा पनि प्रियंकालाई भने दर्शकहरूलाई आफ्नो पक्षमा पार्न धेरै समय लागेन ।

सानैदेखि अभिनयमा रुचि राख्ने कार्कीले केही समय संचार क्षेत्रमा समेत आफ्नो समय खर्चिएकी छिन् । कान्तिपुर टेलिभिजनमा झन्डै दुई वर्ष भिजेका रूपमा काम गरेकी कार्की सन् २००५ को ‘मिस टिन’ समेत हुन् । सिने नगरीमा प्रवेश गरेदेखि नै उनी निकै व्यस्त छिन् । अहिले उनको हातमा थुप्रै चलचित्र छन् । सेक्सी लुक, आकर्षक नृत्य तथा कामप्रति जिम्मेवार भएकै कारण उनले फुर्सदमा बस्नुपरेको छैन ।

प्रियंकाको हालै एक विज्ञापनमा भएको अनुबन्धले पनि उनको करियरको उचाई स्पष्ट हुन्छ। भारतको बिस्कुट कम्पनी ब्रिटानियाले प्रियंकालाई नेपालको लागि दुत नियुक्त गरेको छ।

उक्त कम्पनीले उनलाई गुड डे बिस्कुटको नेपाली विज्ञापनको लागि ३२ लाख दिएको खबर फैलिएको छ। गुड डे बिस्कुटको हिन्दी भाषाको विज्ञापनमा बलिवुड अभिनेत्री दीपिका पादुकोणलाई देख्न सकिन्छ।

प्रियंका कार्कीद्वारा अभिनित ‘ कोहलपुर एक्सप्रेस’ अहिले हलहरुमा प्रदर्शन भैरहेको छ । उक्त फिल्ममा प्रियंकाको भूमिका र अभिनयलाई दर्शकले मन पराइरहेका छन्।

Facebook
Google+
http://nepalnote.com/nplnote/71">
Twitter