धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिँदै

महेन्द्रनगर । छोरी न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिँदै गएको छ । गत २५ कार्तिकदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रवेशद्धारमा धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक अबस्था बिग्रिदै गएको हो । यज्ञराजको स्वास्थ्य अवस्थासंगै मानसिक अवस्था पनि बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् ।

निर्मलाका बुवाले पछिल्लो समय अस्वभाविक व्यवहार देखाउने गरेका छन् । रातमा नसुत्ने, बडबडाउने र दिँउसो रुँदै अरुलाई गालीगलौज गर्दै बजारमा हिँड्न थालेका हुन । अस्वभाविक व्यवहार गर्न थालेपछि उनलाई सम्हाल्न गाह्रो परेको स्थानियले बताएका छन् । निर्मलाको मृत्युपछि यज्ञराज डिप्रेसनमा परेकोले उनलेले यस्तो व्यवहार देखाउने गरेको चिकित्सकहरु बताउँछन्। नेपाल समाचारपत्र मा यो खबर छ।

Facebook
Google+
http://nepalnote.com/nplnote/712">
Twitter