सबैभन्दा ठूलो विमान ! क्यामेराको लेन्समा अटाउनै गाह्रो (भिडियो)

काठमाडौँ : आकाशमा उड्ने अहिलेसम्मकै सबैभन्दा ठूलो विमान तत्कालीन अविभाजित सोभियत संघको युक्रेनमा निर्माण गरिएको थियो । द एन्टोनोभ एएन–२२५ म्रिया नामक उक्त मालवाहक विमानको तौल २ लाख ८५ हजार किलोग्राम छ । ८४ मिटर लामो तथा ८८ मिटर लामो पखेटा भएको उक्त विमान आकाशमा ८ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा उडान भर्न सक्छ ।

२१ डिसेम्बर १९८८ मा पहिलो उडान गरेको उक्त विमान निर्माणमा २५ करोड डलर खर्च भएको बताइन्छ । उक्त विमानले एक पटकमा ६ सय ४० टन वजन बराबरका मालसामान ढुवानी गर्न सक्छ ।

Facebook
Google+
http://nepalnote.com/nplnote/725">
Twitter