मल्टिमिडिया अवार्ड जित्दै नेपाल मिस वर्ल्डको फाइनलमा, बधाई छ श्रृंखलालाई

मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले अन्तत: मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित गरेकी छिन् । मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।

त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए । तर मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।

यस जितसँगै मिस नेपाल श्रृंखला खतिवडाले आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा आफुलाई राख्न सफल भईन ।

Facebook
Google+
http://nepalnote.com/nplnote/732">
Twitter