बिहिबारको दिन यस्ता कार्य गर्नुहोस् सुभफल हुने छ

एजेन्सी । ज्योतिषशास्त्रका अनुसार बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहिबारको दिन गर्नु उचित मानिँदैन । बृहस्पतिको कृपाले गर्दा सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने भएकाले शास्त्रअनुसार बिहिबारका दिन यस्ता केही काम नगर्दा नै राम्रो हुन्छ । यदि तपाईलाई आर्थिक समस्या र अन्य कुराले सताइरहेको छ भने बिहिबार भूलेर पनि यस्ता काम नगर्नुहोस् ।
१. पिता, गुरू र साधुसन्त बृहस्पतिको प्रतिनिधि भएकाले कहिले पनि यिनको अपमान नगर्नुहोस् । २. खिचडी घरमा नबनाउनुहोस् र बाहिर पनि नखानुहोस् । ३. यो दिनमा नङ नकाट्नुहोस् । ४. महिलाहरुले यस दिन कपाल नुहाउनु हुँदैन । यसो गर्नाले सम्पत्ति र सम्पन्नताको सुखमा कमी आउने शास्त्रको मान्यता रहेको छ । ५. कपडा धुनु हुँदैन । बिहिबारको दिन के गर्दा सुभफल मिल्छ ? बिहिबारको दिन यस्ता काम गर्नाले घरमा शुभफल मिल्छ र बिग्रको काम बन्दछ । १. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् । २. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् । ३. पहेँलो वस्तु दान गर्नुहोस् । ४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् । ५.केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् । ६. केरा दान गर्नुहोस् । धर्म
बिहीबार व्रतविधि वैवाहिक सुख प्रप्तिका लागि,गुरु बृहस्पतिको अनिष्ट फ़ल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहिबारको व्रतको सम्पादन गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहिबारबाट सुरु गर्नुपर्दछ । अझ त्यसदिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ। यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म लिनुपर्दछ भन्ने मान्यता छ। व्रतको दिन स्नान गरेर शुद्ध भई पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा ५ माला जाप गर्नुपर्दछ । बिहिबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने प्रचलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, लड्डु आदिको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।

Facebook
Google+
http://nepalnote.com/nplnote/747">
Twitter